सामाजिक अभियान्ता एबम टिकटकर गिभिना मगर र भक्तपुर क्यान्सर अस्पतालका नर्सहरु बिचको बिवादले यतिबेला निकै चर्चा कमाइ रहेको छ ।झन्डै झन्डै समाधान भैसकेको यो बिवाद सामाजिक सन्जालमा बिभिन्न तरिकाबाट यति उचालियको छ जस्को कारण नर्सहरु सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन्। सामाजिक सन्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित भएका छन्। बिभिन्न तरिकाबाट नर्सहरुको चरित्र हत्या गर्न खोजिएको र काम अनुसारको सेवा सुबिधा बाट बन्चित गरिएको भन्दै काठमाडौको माइतिघरमा बिरोध प्रदरशन गरेका हुन्। tiktok app लाइ प्रयोग गरेर समाजसेवामा जोडिएकि र निम्न बर्गलाइ सहयोग गर्नका लागि बिभिन्न मध्यामबाट सहयोग जुटाएर सहयोग गर्दै आएकि गिभिना मगर बिधालयकि शिक्षिका पनि हुन ।
भरतपुर क्यान्सर अस्पतालका नर्सहरुले गिभिनालाइ भिकारि भनिएको कुराए यतिबेला सामाजिक सन्जाल तातिएको छ्।
यो बिवादको सुरुवात पोखराकि अर्चना नाम गरेकि क्यान्सर पिडितको उपचारको लागि भनि सामजिक अभियान्ता गिभिनाले सहयोग सन्कलन गरिरहेकि थिइन ।उक्त सहयोगको क्रममा प्रात रकम भरतपुरको क्यान्सर अस्पतालमा बुझाउने क्रममा क्यान्सर पिडित अर्चनालाइ २बजे दिने भनिएको आउसधि साढे चार बजे दिइएको तर रिपोटमा २ बजेनै लेखिएको थियो । उक्त कुरा समाजसेबि गिभिनाले थाहा पाएपछि गिभिनाले tiktok भिडियो खिचेर उक्त अस्पतालको नर्सहरुसङग बिवाद गरेपछि बिवाद बढेको हो। केहि समय पछि उक्त भिडियो गिभिनाको tiktok account बाट डिलिट गरिएको थियो तर अन्य ब्यति हरुले उक्त भिडियोको आधारमा सामाजिक सन्जालमा बिभिन्न तरिकाले गरिएको टिकाटिप्पणिका कारण बिवाद अझ बढेको हो