लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर- बाबुराम भट्टराई

  • प्रकाशित मिति : December 11, 2020
  • नेपाल ज्योति

काठमाडौं-जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसांसद एवं राजदुत कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भिर र मार्मिक भएको बताएका छन् ।

सामाजीक संजालमा भट्टराईले ‘ भनिन्छ-मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन।मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्। ‘ लेखेका छन । जतिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुन नसक्ने उनले बताएका छन ।

पूर्वसांसद लामाले निधन हुनुभन्दा केही दिनअघि फेसबुकमा स्टाटस लेखेका थिए ।नेताहरुले आफूलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको उनले उल्लेख गरेका थिए ।

बिहीबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हाइड्रो पावरको सेयर विवादमा संवाद गरेको भिडियो बाहिरिएको थियो ।