राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति वामदेवको आपत्ति (बिज्ञप्तिसहित)

  • प्रकाशित मिति : December 20, 2020
  • नेपाल ज्योति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक कदम चालेको बताएका छन् । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेसँगै उपाध्यक्ष गौतमले सो कदम गलत र भत्र्सना योग्य भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले दुई वर्ष कार्यकाल बाँकी हुँदाहुँदै संसद विघटन गर्नु संविधानको मर्म र भावना विपरित भएको उनको भनाइ छ ।