काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै त्यसप्रति असहमत सरकारका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, उर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादव छन् ।
नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्वमाओवादी नेताहरू लेखराज भट्ट र रामबहादुर थापा बादललले भने राजीनामा दिएका छैनन् ।