एकैचरणमा मतदानको समय तोक्न निर्वाचन आयोगको आग्रह

  • प्रकाशित मिति : December 20, 2020
  • नेपाल ज्योति

काठमाडौँ- निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा चुनावको मिति तय गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री ओलीसँगको छलफलमा एकै मितिमा चुनाव गर्न सुझाव दिएको हो। १० दिनको समय राखेर भन्दा एकैपटक निर्वाचन गराउँदा राम्रो हुने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।

१० दिनको समय राख्दा मतगणनामा पनि समस्या पर्न सक्ने आयोगको सुझाव थियो । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचनको मिति प्रस्ताव गरेका छन् ।