काठमाडौँ- प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् ।
संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि प्रधानमन्त्री ओली र प्रचण्ड बिच बालुवाटारमा भएको भेट वार्तामा प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले भनेको स्रोतले जानकारी दिएको छ ।
त्यस्तै बालुवाटारमा भएको भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए । ‘यसले संसद विघटन मात्र होइन, प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको छ’ प्रचण्डले भनेका थिए ।