काठमाडौं-कोरोना नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध तोडेपछि चिलीका राष्ट्रपति सेबेस्टियन पिन्येराले ३५०० डलर जरिवाना तिर्नुपरेको छ।
डिसेम्बरको सुरुमा राष्ट्रपति पिन्येराको एक महिलासँगको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिरमा राष्ट्रपति तथा महिला दुवैले मास्क लगाएका थिएनन्।
तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी मागे। उनले काचागुआ सहरको समुद्री किनारामा एक महिलाले सेल्फी लिन चाहेपछि तस्बिर खिचेको उल्लेख गर्दै त्यतिबेला मास्क लगाउनुपर्ने महसुस भएको बताएका छन्।
चिलीमा लगाइएको लकडाउनमा सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ। उक्त घटनापछि राष्ट्रपतिले जरिवाना तिरेको बताइएको छ। चिलीमा करिब ६ लाख संक्रमित छन् भने १६ हजारभन्दा बढीको मृत्यु भएको छ।