संसदीय दलको बैठकले जारी गर्यो चार बुँदे प्रस्ताव पारित, ‘ओलीको कदम सर्वोच्चबाट उल्टाउँछौं’ : खनाल

  • प्रकाशित मिति : December 21, 2020
  • नेपाल ज्योति

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक कदमविरुद्ध सर्वोच्चमा चुनौती दिने बताएका छन्। बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘संसदीय दलको बैठक राखेका छौँ। यो बैठकले चार बुँदे प्रस्ताव पारित गरेका छौं‚’ खनालले भने‚ ‘अब यो कदमविरुद्ध राजनीतिक अभियान पनि चलाउँछौं। यो संविधानका विरुद्ध असंवैधानिक कार्य हो ।

प्रधानमन्त्री ओलीको यो कदमविरुद्ध संवैधानिक अभियान पनि चलाउने भन्दै उनले सर्वोच्च अदालतबाट उल्टाएर संविधानको बाटोमा आउने बताए। सर्वदलीय बैठकपछि सबै राजनीतिक दलहरुका बीचमा समान धारणा राखेर अघि बढ्ने उनले बताए।