असंवैधानिक कदम सच्याउन सबै उपाय अपनाइन्छ- माधवकुमार नेपाल

  • प्रकाशित मिति : December 21, 2020
  • नेपाल ज्योति

काठमाडौं -नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको घोषणा आफुहरुलाई मान्य नभएको बताएका छन ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले अलोकतान्त्रिक र असंवैधानिक तरिकाबाट प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपनि आफुहरु त्यसलाई मान्न तयार नभएको बताएका हुन ।

उनले गैरलोकतान्त्रिक र असंवैधानिक कदम सच्चयाउन सवै उपाय अपनाइने बताए । नेता नेपालले संसद बिघटन गर्ने कुनै प्रावधान संविधानमा नरहेको पनि बताए ।

उनले प्रतिपक्षी र अरु पार्टीसमेत संसद विघटनको विपक्षमा रहेको बताए ।