ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र : प्रचण्ड

  • प्रकाशित मिति : December 22, 2020
  • नेपाल ज्योति

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । साथै उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताएका छन ।

प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले आज १ बजे केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो । यो बैठकमा स्थायी कमिटीका ४५ मध्ये ३१ सदस्य उपस्थित थिए ।