काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।
बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३४ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख नाघेको छ ।हाल विश्वमा २ करोड १४ लाख १५ हजार ५७९ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २७९ जना गम्भीर बिरामी छन्।