छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

  • प्रकाशित मिति : December 23, 2020
  • नेपाल ज्योति

उदयपुर- जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय हुने फैसला गरेको छ। बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेका थिए। पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते उनीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएका थिए।

न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार जरिवाना गर्ने फैसला गरेको हो ।