काठमाण्डौ-नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशमा भेलाको आयोजना गरेको छ । नेकपा केन्द्रीय कमिटी सदस्यहरुलाई प्रशिक्षण दिन भेलाको आयोजना गरिएको बताइएको छ । आज सातै प्रदेशमा हुने सम्बोधनमा सुदूरपश्चिम प्रदेशमा क्रमशः लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले गर्ने जनाइएको छ । कर्णाली प्रदेशमा क्रमश शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले सम्बोधन गर्ने जानकारी दिइएको छ । त्यस्तैगरी विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले लुम्बिनी प्रदेशमा प्रशिक्षण भेलालाई सम्बोधन गर्नेछन भने टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेलले गण्डकी प्रदेशमा गर्नेछन ।
त्यस्तै आज हुने प्रशिक्षण भेलालाई बाग्मती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले सम्बोधन गर्ने जनाइएको छ भने प्रदेश २ मा क्रमश ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्वाहाङ्फेले प्रदेश १ मा नेकपाको प्रशिक्षण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।