नेपालमा एएफसीको क्लब लाईसेन्स पाउने आर्मी पहिलो- एन्फा अध्यक्ष शेर्पा

  • प्रकाशित मिति : December 23, 2020
  • नेपाल ज्योति

काठमाडौं-विभागीय टिम आर्मीले एएफसीको क्लब लाईसेन्स पाएको छ ।

लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

नेपालको इतिहासमा नै एएफसीको क्लब लाईसेन्स पाउने आर्मी पहिलो क्लव भएको उनले बताए । क्लब लाईसेन्स प्राप्त गरेसंगै आर्मीले एएफसीका प्रतियोगिता खेल्न पाउनेछ । उनले फुटवल क्षेत्रको थप बिकास लागि ढोका खुलेको बताए ।

यसअघि आर्मीले तोकिएको मापदण्डमा केही कमजोरी भएपछि क्लब लाइसेन्सिङका लागि बनेको फस्र्ट स्ट्यान्ड बडीले आर्मीको आवेदन खारेज गरिदिएको थियो । सो वेला आर्मी छुट्टै फुटवल क्लबका रुपमा दर्ता भएको थिएन् । आर्मीले फुटवल क्लबका रुपमा दर्ता हुदै पुन आवेदन दिएपछि अपिल किमटीले पुर्न विचार गरेको थियो । सो क्रममा सवै मापदन्ड पुरा भएपछि आर्मीले लाइसेन्सिङ प्राप्त गरेको हो ।