गहिरिंदो राजनैतिक संकटकाबीच मंगलबारदेखि बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु

  • प्रकाशित मिति : December 23, 2020
  • नेपाल ज्योति

काठमाडौं-बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । कोरोनाको कारण सुरुङमार्ग निर्माणको काममा प्रभाव परेकोमा हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको छ। कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको  छ ।

सुरुङमार्ग खन्ने काम भने मंगलबारबाट औपचारिक रुपमा सुरु भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गरेका हुन् । हाल सुरुङमार्गमा दुई सय ९० जना नेपाली र २५ जना जापानी प्राविधिक टोलीले काम गरिरहेका छन् ।
कोरोनाको कारण जापानी प्राविधिक टोली यसअघि आफ्नो घर फर्किएको भए तापनि हाल उनिहरु नेपाल आइसकेकाले काममा कुनै बाधा नपुग्ने  देखिएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन सकेको थिएन ।