काठमाडौं –प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिएको नेपाली कांग्रेस पार्टीका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी चुनावको विपक्षमा नरहेको बताएका छन्।
उक्त पार्टीमा चुनाव स्वीकार गर्नुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लाग्नुपर्ने दुईथरी धारणा पाइन्छ। नेता पौडेल पनि प्रतिनिधिसभा विघटनको कडा आलोचक हुन्। उनले भने, “कांग्रेस चुनावबाट भाग्ने पार्टी होइन, बहिष्कारवादी होइन, चुनाव भएछ भने त हामी चुनावमा लाग्छौँ।