गृहमन्त्री थापा प्रम नेतृत्व नेकपामा रहने संकेत !

  • प्रकाशित मिति : December 24, 2020
  • नेपाल ज्योति

  काठमाडौं –नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ।

  उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।”

   प्रचण्ड पक्षमा लागेका उनले भने, “अहिलेसम्म दिएको साथको निम्ति हामीलाई धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुगेको जानकारी उहाँको सचिवालयबाट गराइएको छ।