काठमाडौं-जसपा नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसद बैठक आह्वान गर्न आग्रह गरेका छन्। पार्टीको केही दिनअघि बसेको कार्यकारिणी समितिको बैठकले सभामुखलाई सो आग्रह गर्ने निर्णय लिएको थियो।
सभामुख र जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णबीच सिंहदरबारमा भेट भेटवार्ता भएको थियो।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको जसपाको निष्कर्ष छ।