नेकपा प्रचण्ड–माधव समूहद्धारा संसद विघटनविरुद्ध आन्दोलनको घोषणा

  • प्रकाशित मिति : December 24, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले  आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।

यस्ता छन प्रचण्ड-माधव खेमाको केन्द्रिय समतिका निर्णयहरू :
-१० गते ९:३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर निर्बाचन आयोगमा जाने । दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
– १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
-१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
– १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
-१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
– २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
– २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
– काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
–  नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।