‘हामी यहाँ छौँ’ भन्दै माइतीघरको सडकमै बसे प्रचण्ड-माधव

  • प्रकाशित मिति : December 25, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले सडक आन्दोलन सुरु गरेका छन । संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतिघर मण्डलमा आज प्रर्दशन गरेको छ ।

प्रर्दशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्षा माधवकुमार नेपाल लगायतका नेताहरुको सहभागिता रहेको छ । प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

आन्दोलनमा सहभागीहरुले ‘हामी यहाँ छौँ’ लेखिएका प्लेकार्ड बोकेका छन ।