बागमतीका प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

  • प्रकाशित मिति : December 25, 2020
  • नेपाल ज्योति

काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा अविश्वसको प्रस्ताव दर्ता भएको हो ।

नेकपाका प्रचण्ड माधव समूहका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि जम्कट्टेलसहित तीन मन्त्रीले पदबाट राजीनामा पनि दिएका छन् ।

नेकपाका पुष्पकमल दाहाल-माधव नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।