प्रचण्ड छाडेकालाई छानीछानी मन्त्री

  • प्रकाशित मिति : December 26, 2020
  • नेपाल ज्योति

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । रिक्त रहेका मध्य ५ मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।

पुर्व माओवादी धारका नेतालाई ओलिले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मा दिएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए ।