काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्। अध्यक्ष नेपालले नेपालमा गणतन्त्र आउँदैन भनेर ओलीले पार्टीमा फरक मत राखेको उल्लेख गर्दै यो व्यवस्थाप्रति ओलीलाई कुनै मोह नभएको समेत दावी गरे ।
शुक्रबार राजधानीको बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको बताए । उनले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो । संघीयता विरोधी मन्छे हो ।’
नेपालले नेकपाको सम्पत्ति आफूहरूको भएको बताएका छन्। ‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,’ उनले भने, ‘कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’
अध्यक्ष नेपालले ओलीले तानाशाह प्रवृत्ति देखाएको बताए।