सोमबार जनसांस्कृतिक महासंघ नेपालको भेला, प्रचण्ड-नेपालले संबोधन गर्ने

  • प्रकाशित मिति : December 27, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेकपाको प्रचण्ड-माधव समुहको जनवर्गिय संगठन जनसांस्कृतिक महासंघ नेपालको भेला तथा प्रशिक्षण हुने भएको छ । जनसांस्कृतिक महासंघ नेपालको भेलामा नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल स्थायी कमिटी सदस्यहरु वर्षमान पुन र सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने भएका छन् ।

पुस १३ गते बिहान ११ बजे पेरिसडाँडा कोटेश्वरमा भेला तथा प्रशिक्षण कार्यक्रम हुने जनसांस्कृतिक महासंघ नेपालले जनाएको छ । महासंघले संगठनमा आवद्ध जनसंस्कृतिकर्मी एवं अग्रगमनका पक्षधर युवा, विद्यार्थी, महिला, मजदूर लगाएत सबैलाई उपस्थित हुन अपिल समेत गरेको छ ।

यस्तै, महासंघका सह-संयोजक सरल सहयत्रीले एक विज्ञप्ति जारी गर्दै दुई तिहाई सदस्यहरु प्रचण्ड-नेपाल समूहमै रहेको समेत दाबी गरेका छन् ।

सहयत्रीले ओली मण्डली र अराजकतावादको सृजनात्मक प्रतिवादसहित विरोध गर्न आह्वान समेत गरेका छन् ।