प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन

  • प्रकाशित मिति : December 27, 2020
  • नेपाल ज्योति

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध प्रदर्शन गरिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन।

उनका अनुसार शान्तिबाटिकाबाट सुरू भएको र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरी शान्तिबाटिकामा पुगेर समापन हुनेछ। र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायत कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। सभालाई शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए। नेकपाको प्रचण्ड(माधव समूह, कांग्रेस र जनता समाजवादी ९जसपा०ले ओलीको कदमले देशलाई गम्भीर संकटतिर धकेलेको भन्दै उनीहरुले विरोध गर्दै आएका छन्।