विप्लव समूह र प्रहरीबीच गोली हानाहान

  • प्रकाशित मिति : December 27, 2020
  • नेपाल ज्योति

संखुवासभा-संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो ।

घटनास्थलबाट जिलेटीन लगायतका केही सामाग्री बरामद भएको छ । विप्लव समूहका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको प्रहरीले जनाएको छ । विप्लव समूहका कार्यकर्ता जंगलतीर भागेका छन् ।