देशभरका नेकपा पार्टी कार्यालय सुरक्षित गर्न गृह मन्त्रालयलाई निर्देशन

  • प्रकाशित मिति : December 27, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेकपाको आन्तरिक विवादका कारण पार्टी कार्यालय कब्जा गर्ने होडबाजि चलेपछि गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।

बिभिन्न जिल्लामा दुई पक्षको झडप हुन थालेपछि आइतबार गृह मन्त्रालयले नेकपाका देशभरका पार्टी कार्यालयहरु रहेको ठाउँमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको समूह र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय कब्जा गर्ने होडबाजी सुरु भएपछि सुरक्षा व्यवस्थामा कडाइ गर्न गृहले निर्देशन दिएको हो।