प्रचण्ड–माधव पक्षले आज देशभर विरोध प्रदर्शन गर्दै

  • प्रकाशित मिति : December 29, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आज (मंगलबार) देशभर विरोध प्रदर्शन गर्दैछ । उसले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्न लागेको हो।

उसले काठमाडौं उपत्यकामा ५० हजार मान्छे उतार्ने दाबी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न आठ क्षेत्रबाट जुलुुस निस्किने नेताहरुले जानकारी दिएका छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस शुरु हुनेछन् ।

यस्तै रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनी मार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएका छन् ।

बिरोध सभा भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा हुनेछ।