प्रचण्ड–माधव समूहको काठमाडौंका १३ स्थानबाट जनप्रदर्शन

  • प्रकाशित मिति : December 29, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ । काठमाडौंका विभिन्न १३ स्थानबाट विरोध प्रदर्शन सुरु भएको हो ।

संसद विघटन विरुद्ध नेकपाले आज बृहत् जनप्रदर्शन गर्न लागेको हो । देशभर हुने बिरोध प्रदर्शनमा पार्टीले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने प्रचण्ड–माधव समूहको तयारी छ ।

त्यसैगरी राजधानीमा पनि पार्टीले ठूलो संख्यामा जनताहरुको उपस्थिति गराउने भएको छ । मंगलवारको उक्त जनप्रदर्शनमा राजधानीका विभिन्न क्षेत्रहरुको नेतृत्व विभिन्न नेताहरुले गर्ने भएका छन् ।

राजधानीमा हुने प्रदर्शनमा सहभागी हुन काठमाडौं उपत्यका वरपरका जिल्लाबाट समेत कार्यकर्ता सहभागी भएका छन् ।

मैतिदेवीः हरिबोल गजुरेल

नक्साल चोकः देवेन्द्र पौडेल

लैनचौरः जनार्दन शर्मा

एन.सी.सी न्यूरोड गेटः अष्टलक्ष्मी शाक्य

टेकु– युवराज ज्ञवाली

कुलेश्वरः बेदुराम भुसाल

कुपण्डोलः पम्फा भुसाल

नयाँबानेश्वरः गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल

रत्नपार्क शान्ति बाटिकाः मुकुन्द न्यौपाने

त्रिचन्द्र क्याम्पसः योगेश भट्टराई

पूरानो बसपार्कः अमृतकुमार बोहरा

बागबजारः बर्षमान पुन

बाल्मिकी क्याम्पसः गणेश शाह