ध्वनी मिश्रणका तर्फबाट भोला बने सर्वोत्कृष्ट

  • प्रकाशित मिति : December 29, 2020
  • नेपाल ज्योति

काठमाडौं-लामो समय नेपाली सांगीतिक क्षेत्रमा गीत–संगीतको रेकर्डिङ र मिक्सिङको क्षेत्रमा निरन्तर योगदान पू¥याएको नाम हो भोला पौडेल । भोलाले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वरलाई रेकर्ड गराएका छन् मिक्सिङ गराएका छन् । यहि कदर स्वरुप उनलाई २०७७ का सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड प्रदान गरिएको छ ।

राजधानीमा सम्पन्न भएको ‘नेशनल पावर न्युज म्यूजिक अवार्ड २०७७’ मा भोलाले अवार्ड चुम्न सफल भएका हुन् । लोकप्रिय गायक प्रमोद खरेलको स्वर बसन्त आचार्यको शब्द र मनोहर सुनामको संगीत रहेको ‘मन दिएँ मुटु दिएँ दिएँ जीवन पनि’ बोलको गीतबाट भोलाले उत्कृष्ट ध्वनी मिश्रणको अवार्ड चुमेका हुन् । यस अवार्डले आफूलाई उर्जा मिलेको र सांगीतिक कर्ममा आगामी दिनमा अझ सशक्त बनाउने विश्वास मिलेको उनी बताउँछन् ।