मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित

  • प्रकाशित मिति : December 30, 2020
  • नेपाल ज्योति

काठमाण्डौ- प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए। उक्त रिटको पेशी आजको लागि तोकिएको थियो।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए।