‘माधवकुमार नेपाल प्रचण्डको कार्यकर्ता हुन’ : प्रम ओली

  • प्रकाशित मिति : December 30, 2020
  • नेपाल ज्योति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन्। राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मलाई केही भन्नु छैन ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्’ ।’

ओलीले आफूसँग रहँदा सधैं नगद सम्झौताको कुरा गरेको भए पनि अहिले प्रचण्डसँग लागेर पनि खासै केही नपाएको बताए।