संसद पुनर्स्थापनाको माग राख्दै नौमती बाजा बजाएर विरोध प्रदर्शन

  • प्रकाशित मिति : December 30, 2020
  • नेपाल ज्योति

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले नाैमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाको माग राखेर बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नाैमती बाजा घन्काएका हुन । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको सहभागिता थियो ।

संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्ने घोषणा गरेको बृहत नागरिक आन्दोलनले शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ ।

नागरिक आन्दोलनले १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गर्ने भएको छ ।