सोयाबिनको तेलमा तिलको तेल भनेर लेबल टाँस्ने पक्राउ

  • प्रकाशित मिति : December 31, 2020
  • नेपाल ज्योति

पर्सा-सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले उनलाई कालोबजार तथा सामाजिक अपराध गरेको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनको गोदामबाट प्रहरीले स्टिकरमा छाप लगाउने मेशिन, तयारी स्टिकर र ठूलो परिमाणमा सोयाबिनको तेल बरामद गरेको छ ।