फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति सार्वजनिक

  • प्रकाशित मिति : January 2, 2021
  • नेपाल ज्योति

काठमाडौं-अभिनेता शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । यस फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ ।

जसमा शिव श्रेष्ठ र प्रियंका कार्कीको तस्बिर देख्न सकिन्छ । तस्बिमा उनीहरु एकअर्काको अंगालोमा बाँधिएका छन् । दिपेश सापकोटाले निर्देशन गरेको यस फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

यस फिल्म मार्फत करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनय यात्रा शुरु गर्दैछन् ।