मारियो गाट्जे हाल डच लिगमा छन् । उनी त्यहाँको ठूलो क्लबमध्येको एक पिएसभी आइन्डहोभनका लागि खेलिरहेको खबर धेरैका लागि नयाँ हुनसक्छ । २८ वर्षिय जर्मन ‘एट्याकिङ मिडफिल्डर’आफ्नो करियरलाई पुनर्जागृत गर्न नेदरल्यान्डस् पुगेका हुन् ।
जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा नायक बनेका गोट्जे बार्यन म्युनिखमा थिए । त्यसबखत २२ वर्ष रहेका गोट्जे बोरुसिया डर्टमन्डमा लगातार दुई पटक बुन्डेसलिगा जितेर बार्यन पुगेका थिए । डर्टमन्डले लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका गोट्जे त्यसपछिका वर्षहरुमा भने फिक्का देखिए । बार्यनमा एक सय १४ खेलमा ३६ गोल र २४ असिस्टको योगदान गरेका गोट्जे अन्ततः डर्टमन्ड नै फर्किए । डर्टमन्ड फर्किएका उनलाई सर्मथकले स्वागत गरे । तर गोट्जेले त्यहाँ पहिलो चरणको बसाईमा जस्तो जादु देखाउन सकेनन् ।
युरोपियन क्लब फुटबलमा सामान्यतया, प्रतिभाशाली खेलाडी डचलिगबाट ठूला भनिएका क्लबतर्फ लाग्छन् । तर, गोट्जे जस्ता स्थापितस्टार डच लिग जानु आफैमा अचम्मलाग्दो घटना हो । डच लिगबुन्डेसलिगा भन्दा फरक छ । युरोप भन्दा बाहिर प्रख्यात छैन् । तर गोट्जेका लागि डच लिग प्रख्यात नहुनुले केही अर्थ राख्दैन । किनभने उनको ध्यान आफ्नो खेलमा कसरी सुधार ल्याउने भन्नेमा मात्र छ ।