कम्युनिष्टको गफले जनताले दुःख पाए– डा. महत

  • प्रकाशित मिति : January 2, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्टहरूको गफले जनताले दुःख पाएको बताउनुभएको छ । गफ विकाएर जनतासँग भारी मत ल्याएर पनि प्रतिनिधि सभा विघटन गर्दै जनअपमान गरेको उहाँको भनाइ छ ।

डा. महतले कांग्रेसले काम विकाएर आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । अहिले कांग्रेस नेतृत्वमा आएको व्यवस्था परिवर्तन गर्ने खेल भए पनि यो कुनै पनि हालतमा खेर नजाने र अहिलेको व्यवस्थाको रक्षा कांग्रेसले गर्ने उहाँको भनाइ छ ।

नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुरमा आयोजना गरेको वनभोज तथा अन्तर्क्रिया कार्यक्रममा नेता महतले ओली सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।