काठमाडौं -नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जारी केन्द्रीय समितिको बैठकले कांग्रेस आन्दोलनमा नै रहेको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पुस २५ गते कांग्रेसले प्रदेशसभा क्षेत्रमा प्रदर्शन गर्ने छ भने माघ ३ गते ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्नेछ ।