हुम्लामा हिमपात, किसान खुशी, हवाई सेवा बन्द

  • प्रकाशित मिति : January 4, 2021
  • नेपाल ज्योति

काठमाडौं-हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।

जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ ।