नेपाली सेनाले माग्यो करिब तीन सय कर्मचारी

  • प्रकाशित मिति : January 5, 2021
  • नेपाल ज्योति

काठमाडौं-  नेपाली सेनाले विभिन्न पदमा आवेदन खुला गरेकाे छ। सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुला गरेको हो। लेखा जमदारमा २७ जना खुल्लातर्फ र बाँकी समावेशी गरी जम्म ५० जनाको माग भएको छ भने पूजारी हुद्दा पदमा खुल्लातर्फ दुई जना गरी चार जनाको माग भएको छ।

यस्तै अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना र बाँकी समावेशीसमेत गरी ५३ जना माग गरिएको छ। सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ।

यस्तै सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको छ भने कुचिकार पदमा खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ । यस्तै चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जनाको माग गरिएको छ भने लोहकार खुल्लातर्फ चार र समावेशीसमेत गरी ८ जना माग गरिएको छ।

पुस २१ गतेदेखि माघ २१ गतेभित्र दरखास्त भरिसक्नुपर्ने जंगी अड्डाले जनाएको छ।