काठमाडौं –मुुुद्दाको सुनवाई क्रममा इजलासमा राय बाझिएको हकमा वा प्रधानन्यायाधीशले चाहेको खण्डमा मात्र बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने व्यवस्था सर्वोच्च अदालतको नियमावलीमा रहेको छ ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा भैरहेको छ।