काठमाडौं – न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा सहभागीताबारे प्रश्न उठाएपछि न्यायधीश कार्कीले आफू संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा थापाले कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता रहेको भन्दै प्रश्न उठाएका थिए ।