संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

  • प्रकाशित मिति : January 6, 2021
  • नेपाल ज्योति

काठमाडौं – संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलास एक साताका लागि स्थगित भएको छ । अब पुस २९ गतेलाई अर्को सुनुवाइ तोकिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको मुद्दाको सुनुवाइ भइरहेको संवैधानिक इजलासमा नबस्ने स्वआदेश गरेपछि सुनुवाइ स्थगित भएको हो । यसअघि बहसको क्रममा अधिवक्ताहरुले कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेको भन्दै इजालसमा बस्ने विषयमा प्रश्न उठाएका थिए ।