धनगढी- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराद्वारा पदबाट राजिनामा दिएका छन् ।
मन्त्री बोहरा पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको बताउँदै राजीनामाको घोषणा गरेका हुन् । मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएका हुन् ।
प्रचण्ड–माधव समूहको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले यसअघि पनि एक मन्त्रीलाई पदबाट हटाएका थिए ।