२४ वर्षपछि पक्राउ परे भैंसीचोर

  • प्रकाशित मिति : January 11, 2021
  • नेपाल ज्योति

सप्तरी- सप्तरीमा भैंसी चोरेर भागेका एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको कञ्चनरुप नगरपालिका–४ का ५० वर्षीय लक्ष्मण सरदारलाई प्रहरीले पक्राउ गरेको हो । सरदारमाथि २०५३ माघ २९ मा स्थानीय भरतलाल बहरखेरको भैंसी चोरेको अभियोगमा अदालतले कैद सजाँय तोकेको थियो । उनीविरुद्ध अदालतले एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए । सरदारलाई राजविराज कारागार चलान गरिएको साहले बताए ।