काठमाडौंको मनमैजुबाट बाघको छालासहित एकजना पक्राउ

  • प्रकाशित मिति : January 13, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् ।
प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ ।