परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत प्रस्थान

  • प्रकाशित मिति : January 14, 2021
  • नेपाल ज्योति

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार मध्यान्ह उनी भारत प्रस्थान गरेका हुन् । भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत गएका हुन् ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन् । भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दैछन् । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको छ ।