काठमाडौं – सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले नेताहरु पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहिबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
नेकपाले माघ ३ गते भोलीदेखि माघ १० गतेसम्म श्रृखंलाबद्ध आन्दोलनको घोषणा गरेको छ । जसअन्तर्गत माघ ३ गते देशव्यापी विरोध प्रदर्शन, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दको घोषणा गरिएको छ । यसअघि बुधबार विप्लव नेकपाका अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलासहितका केहि नेता पक्राउ परेका थिए । सरकारसँग वार्ता गर्न बनाइएको टोलीका समेत सदस्य रहेका उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो ।
यस्तो छ विप्लवले सार्वजनिक गरेको विज्ञप्ती