काठमाडौं-अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको तथा भारतको सेरम इन्टिच्युटले उत्पादन गरेको कोरोना भ्याक्सिन कोभिशिल्डले नेपालमा अनुमति पाएको छ ।
औषधि व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै कोभिशिल्डलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएको छ ।