मुख्यमन्त्री राईसँग विवाह गर्न लागेकी युवती को हुन् ?

  • प्रकाशित मिति : January 16, 2021
  • नेपाल ज्योति

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन्। मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पा मुख्यमन्त्री राईको बेहुली बन्ने भएकी छन् । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच विहे हुँदैछ । ०५६ सालमा भोजपुर–२ बाट निर्वाचित भएर कान्छो सांसदका रूपमा सिंहदरबार छिरे मुख्यमन्त्री राईको विवाह हुने भएको छ । मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने लगभग आधा अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग विहे गर्ने चलन रहे पनि नेपालमा कमै नेताको यस्तो विहे हुने गरेको छ ।

उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको उनको सचिवालयले जानकारी दियो। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।

प्रदेश १ का मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी उनले आफ्नो सामाजिक सञ्जालमा केपी ओलीका भिडियो सन्देशहरु शेयर गरेकी छन् । २७ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।